Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- माग्नेबुढा अमेरिका ग्रिन कार्डको पर्खाइमा अमेरिका बसेका हैन र?
- एआईको सहयोगमा निर्माण गरियो गीतको भिडियो ‘मेरो नेपाल’
- स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
- २५ वर्षअघिको क्रेज फर्काउला आधुनिक फिल्म ‘गौँथली’ले,‘आँखा भरी आँसु’मा जन्मघर छोड्दाको पीडा
- रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
- काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
- दाउरा थकालीको देशव्यापी विस्तार : स्वादसँगै नेपाली संस्कृति प्रवर्द्धन
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
तम्घास,
यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टरमा धानखेती गरिएको थियो । जसमा २२ हजार ९०९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
जिल्लाको कुनै पनि ठाउँमा हालसम्म धानबालीको बीमा नगरिएको पनि उनले बताए । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र चौरासी फाँटमा ९९९ हेक्टरमा धान रोपिएको थियो । जसमध्ये ४० प्रतिशत धान काटिसकेको अवस्थामा खेतमा नै भिजेको छ।
तिहार लगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन् । लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन् । जसले गर्दा धानको मूल्य र उत्पादन घटेको छ ।
इस्मा गाउँपालिका–६ का कमलप्रसाद भण्डारीले साढे चार रोपनीमा रोपेको धान यही कात्तिक ९ गते काट्नुभएको थियो । तर कात्तिक ११ गतेदेखि पानी पर्न सुरु ग¥यो । काटिसकेको धानपानीले खेतमा नै डुबाउन थालेपछि उनले कात्तिक ११ र १२ गते १७ जना खेताला लगाएर धान उठाएर घर लगे ।
“घाम लागेकै बेला उठाउन पाएको भए थ्रेसर लगाएर झाटिन्थ्यो, धान र पराल छुट्टाछुट्टै हुन्थ्यो,” उनले भने, “अहिले घाम लागेपछि झाँट्न सुरु गरेको, टुसा पलाएको छ ।” गत वर्ष २५ मुरी धान फलेकामा यो वर्ष अधिकांश धान खेतमा नै पोखिएको गुनासो गरे ।
स्थानीय कृष्णप्रसाद घिमिरेले पनि गत असार र साउनमा ७५ रोपनीमा धान रोप्नुभएको थियो । बीउको लागि चैते ५, हाइब्रिड महेन्द्र ३०–३०, जी टेक लगायतका धान रोप्नुभएको थियो । उहाँको खेतमा कुल तीन सय ५० मुरी धान फल्थ्यो । जसमा दुई सय २५ मुरी तिहार अगाडि थन्काएका थिए । अझै १५ रोपनी खेतको छ मुरी हुने धान काट्न बाँकी छ । तर काटिसकेको १८ रोपनी खेतको करिब ९५ मुरी धान भने पानीले डुबाएको छ ।
खेताला लगाएर कात्तिक ९ गतेका धान काटेको धान पानीमा भिजेको हो । पानी नपरेको भए ११ गते नै थ्रेसरबाट उठाउने तयारी थियो । तर पानीले उहाँको धान मात्र डुबाएन, मेहनेत र पसिना समेत डुबाएको छ । “पानीमा धान उठाएर आउने रकमभन्दा उठाउन लाग्ने लागत बढी भएकोले उठाइन”, घिमिरेले भने, “दुई लाख ६६ हजारको धान पानीमा डुबेको छ ।” चौरासी फाँटको धान प्रतिमुरी दुई हजार आठ सयमा बिक्री हुँदै आएको छ ।
किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । “अब त धानमा टुसा आउने बेला भयो, त्यस्तो धान बिक्री नहुने समस्या हुन्छ,” उनले ने, “पानीमा भिजेको पराल गाईवस्तुले पनि रुचाउँदैनन् ।” गत वर्षहरूमा पनि हल्का बादल मात्रै लाग्ने तर पानी नपरेका कारण आफूले धान काटेको उहाँको भनाइ छ । उहाँको खेतमा करिब ९० मुरी धान हुन्थ्यो । अब पानीमा भिजेसँगै उत्पादन धेरै कम हुने भट्टराईको भनाइ छ ।
काटिसकेको धान कसरी सुरक्षित गर्न सकिन्छ?
काटिसकेको धान वर्षामा थुप्रोमा राख्दा भिजेको ‘फङ्गस’ लाग्न सक्छ । त्यसकारण धान ढुङ्गा, प्लास्टिक वा परालमाथि राख्न कृषि ज्ञान केन्द्र कार्यालयले सुझाव दिएको छ ।
त्यसैगरी अहिले धानलाई माथिबाट प्लास्टिकले छोप्ने र वर्षा रोकिएपछि तुरुन्तै सुकाउने, सावधानीपूर्वक धुवाँको ताप प्रयोग गर्ने, धानलाई हावा प्रसार हुने ठाउँमा राख्नेलगायतका उपाय अपनाएमा क्षति कम हुने कार्यालयले जनाएको छ ।