सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

काठमाडौँ,

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.