प्रधानमन्त्री सुशीला कार्कीसहित ८ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमबाहेक ८ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।
प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री डा। मदनप्रसाद परियार र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण बुझाएका हुन् ।
वेबसाइटमा प्रधानमन्त्रीसहित ८ जनाबाट सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । कुनै पनि सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ ।