काठमाडौँ,
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले भोलिदेखि हुने घोषणा गरिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति जनाएको छ ।
शनिबार बालुवाटारमा सरकारसँग भएको वार्तामा महाभियानले भोलिदेखिको विरोधका कार्यक्रम फिर्ता लिन सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । विभिन्न २७ बुँदे माग राख्दै महाभियानले आन्दोलनको घोषणा गरेको थियो ।