सुचना, समाचार र मनोरन्जन

‘चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८२’ सर्वोत्तम पाँच सार्वजनिक

काठमाडौं :

लामो समयदेखि गीत–सङ्गीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागिरहेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२” का सर्वोत्तम पाँच मनोनित विधाहरू सार्वजनिक भएका छन् ।

बिगतका वर्षझैँ यो अवार्ड भव्य र सभ्य बनाउन विभिन्न १७ विधामा गायक, गायिका, मोडल तथा प्राविधिकहरूले सहभागिता जनाएका छन् ।

१७ विधामा करिब १५० जनाले फारम भरेर सहभागिता जनाए पनि दर्शक–श्र्रोताको रुचि तथा आयोजक र जूरी मेम्बरसको मूल्याङ्कनका आधारमा १७ विधाका ८५ जनाको नाम आज सार्वजनिक गरिएको छ ।

अवार्डको फाइनल कार्यक्रम यही पुस महिनाभित्र गरिने आयोजक पक्षले जानकारी गराएको छ ।

सर्वोत्तम पाँचका विधा तथा नामावली यसप्रकार छन्—


१. सर्वोत्तम आधुनिक गीत (गायक)

  • सि. डि. विजय अधिकारी — चाहिँदैन न्याय मलाई

  • प्रताप दास — पहिलो हेराइ हे माया

  • सफल शेरचन — भो नबोलाऊ मलाई

  • एनिश एन्जल राई — देखेर तिम्रो रूप

  • आशिष अबिरल — ए पुतली

२. सर्वोत्तम आधुनिक गीत (गायिका)

  • मेलिना राई — तिमिले बाटो फेरेउ अरे

  • समीक्षा अधिकारी — मुटुमै बसेछ नि

  • उषा गजुरेल — पप्पी देउन

  • ममता राई — देखेर तिम्रो रूप

  • मेनुका राई — हेल्लो हाई नमस्कार

३. सर्वोत्तम लोक तथा दोहोरी गायक

  • चन्द्र बी.सी. — झिलिमिली जुनेली रातैमा

  • नारायण राई — पुकुली

  • छबिराज सुनार — पोखरा पृथ्वी चोकैमा

  • हेमन्त कान्छा रसाइली — जानै लाग्यो बैँस

  • मदन परियार — पिरैले सुकाउँछ

४. सर्वोत्तम लोक तथा दोहोरी गायिका

  • शान्तारानी परियार — पोखरा पृथ्वी चोकैमा

  • रितु बोहोरा — कतिराम्रो जिउ तिम्रो

  • संगम लामिछाने — ए गौरी

  • संगीत सुनाम — मेरी मायालु

५. सर्वोत्तम लोक तथा दोहोरी नव–गायक

  • सुन्दर खनाल — ढुङ्गेधाराको पानी

  • हरि सुनार — जान्छ्यौँ लाहुरेको साथैमा

  • अनिल लम्साल — आँखै गाजले

  • विवेक खत्री — बनको तरुल

  • ऋषिकेस पाण्डे — फूल फुलेको

६. सर्वोत्तम लोक तथा दोहोरी मोडल (महिला)

  • स्वनिका बास्तोला — चुल्हो बल्दैन

  • उषा सुवेदी — मेरी आमै मरे

  • तुलसी गुरुङ — बिर्स्यौ र

  • पवित्रा अर्याल — खतम बनायो मलाई

  • मनुजा थापा — हेरी रमाइलो

  • रबिना पौडेल — गाजलु आँखैमा

७. सर्वोत्तम आधुनिक गीत भिडियो मोडल (महिला)

  • टिका जैसी — लाली जोवन

  • ग्रिष्मा पौडेल — दिलको लुटेरा

  • जुना सुन्दास — ए पुतली

  • अस्मिता पुरी — सारा हाँसो

  • सुस्मिता श्रेष्ठ — ढाका टोपी मलाई

८. सर्वोत्तम लोक–आधुनिक गीत (गायक)

  • लोकमान मोक्तान — म त अल्लारे

  • इन्द्र बस्याल — आमा

  • राजेश बर्देवा — उमेर सत्र

  • सुरेश अन्जान — बिहेको निम्तो

  • गणेश लिम्बु — सिट्ठी मारियो

९. सर्वोत्तम चाडपर्व गीत

  • सबिता परियार — गाउँभरि रमाइलो

  • कविता देवी राई — नारीको व्यथा

  • सरगम गाहा — दसैँ–तिहार

  • सन्देश सुनार — मादल बजाउँदा

  • समिता राउत — नारीको व्यथा

१०. सर्वोत्तम पूर्वेली लोकगीत

  • बिमल खेवाछदी (सुलभ) — चौतारीमा बसौँला

  • सुविन चाम्लिङ — लगन डोरी

  • प्रविन राई — पूर्वेली नानी

  • सन्जित वाईबा — ए सानु

  • मोहन लिम्बु — सानु

११. सर्वोत्तम आधुनिक गीतकार

  • कमला प्रधान — तारा टुटी झरे सरि

  • भिष्मराज फुलारा — ए पुतली

  • रबिन्द्र शाही ठकुरी — अभागी खप्पर

  • गोबिन्द भट्ट — जुनेली

  • लक्ष्मी कोई राई — जुनी जुनी

१२. सर्वोत्तम म्युजिक भिडियो निर्देशक

  • प्रेम शर्मा पौडेल — म नेपाली

  • विनोद सुन्दास — रुनुको के अर्थ

  • कल्की रअ — रमाऊ मायामा

  • देवन्द्र पाण्डे — जुनेली

  • जोन राई — म तिमिलाई

१३. सर्वोत्तम आधुनिक गीत संगीतकार

  • मंगल बी.के. — म तिमिलाई

  • ओमप्रकाश राई — नेपाल आमा

  • राजेन्द्र बजगाईँ — ए पुतली

  • विराज ढुंगाना — सधैँभरि

  • अन्जान रेग्मी — खोजेको नै

१४. सर्वोत्तम लोक तथा दोहोरी गीत लय संकलन

  • मिलन गुरुङ — ऐना हेर्नेले

  • सुदिप परियार — आँखै गाजले

  • मिन प्रकाश ओली — दिदी–भाइ

  • विनोद ढकाल — घर हाम्रो

  • नन्दु परियार — पोखरा पृथ्वी चोकैमा

१५. सर्वोत्तम लोक तथा दोहोरी गीत शब्द संकलन

  • रिम बाबु राना — परदेशी

  • आभाष सेन्चुरी — नयाँ नाता

  • निरज भट्ट — किनारा

  • सुरेश कुमार परियार — घामको झुल्को

  • सुमन ढकाल — दिदी–भाइ

  • सुनिता रसाइली — टुट्यो भने मन

१६. सर्वोत्तम म्युजिक भिडियो मोडल (पुरुष)

  • बिक्रम बुढाठोकी — अभागी खप्पर

  • रमेश विश्वकर्मा — लाली जोवन

  • राज सुवेदी (नेत्र) — क्यार्नी होला खै

  • सन्तोष बराइली — जुनी जुनी

  • किरण स्याङ्बो — तिम्रो लागि

१७. सर्वोत्तम ध्वनि रेकर्डिस्ट

  • राज खड्का — मायाली

  • दीपक बी.सी. — म नेपाली

  • डम्बर विश्वकर्मा — करिमै

  • सुमन राना — ए हो र माया

  • सागर बाजुराली — तल्लो बाटो

Leave A Reply

Your email address will not be published.