सुचना, समाचार र मनोरन्जन

दर्शकको रोजाइमा प्रेम सेनको ‘हो नि रेशम’

काठमाडौं :

गायक प्रेम सेनको नयाँ लोकपप गीत ‘हो नि रेशम’ सार्वजनिक भएको केही दिनमै दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा उल्लेख्य प्रतिक्रिया बटुलेको छ।

अनिल स्थापितको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन्। डोरेमी स्टुडियोमा भानुभक्त ढकालले रेकर्डिङ र मिक्सिङ गरेका यस गीतलाई रोमान्टिक शैलीमा भिडियोमार्फत प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा गायक प्रेम सेन स्वयं फिचर्ड छन्। दिनेश पराजुलीले खिचेको दृश्यलाई विकास धमलाले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्।

करिब डेढ दशकदेखि सांगीतिक यात्रामा सक्रिय सेनले यसअघि ‘सानी’, ‘तिम्रो पाउजु’, ‘आऊ गाऔं’, ‘तिमीले लाएको चौबन्दी’, ‘आकाशैमा’ र ‘चरी बेसार’ जस्ता गीतमार्फत श्रोता–दर्शकको मन जितिसकेका छन्। ‘हो नि रेशम’ पनि त्यही यात्राको निरन्तरतास्वरूप श्रोताले रुचाइरहेका छन्।

Leave A Reply

Your email address will not be published.