सुचना, समाचार र मनोरन्जन

लक्ष्मणको ‘काजी’मा देखियो विपिन र केकीको गहिरो प्रेम,चैत २७ मा दर्शकमाझ

काठमाडौं :

विपिन कार्की अभिनित फिल्म ‘काजी’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै आगामी चैत २७ गते रिलिज डेट तोकेको हो।

लक्ष्मण रिजालको निर्देशन,रामप्रसाद रिजालको प्रस्तुति रहेको यो फिल्मको फर्स्ट लुकमा विपिन निकै योङ एण्ड हेन्डम देखिएका छन्। चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका रहेका उनले सर्ट लगाएका छन्। उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको पनि देखिन्छन् ।
सोही पोस्टरको सानो रुपमा केकी अधिकारी देखिन्छन् । उनलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ । सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

Pach Pandav

विपिन र केकीसँगै यो फिल्म गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ।

यो फिल्मबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन्। आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको फिल्मलाई राम प्रसाद रिजालले निर्माण गरेका छन्। फिल्ममा प्रदीप भारद्धाजको लेखन रहेको छ। चिन्तन राजभण्डारीले खिचेकोे यो फिल्मका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन्।

सिनेमाको प्रोड्क्सन डिजाइनर ओजस्वी ओझा हुन् । रगं संयोजक श्याम कुँवर, लोकेशन साउन्डरसाउन्ड डिजाइन सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहनेछ । क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरजको रहनेछ । प्रोडक्सन हेड प्रकाश हमाल छन् भने सम्पादन सुपरभाइजर बनिश शाह छन्। सम्पादक बिपिन मल्ल रहेका छन्। कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकाश राज जोशी रहेका छन्। वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।

Leave A Reply

Your email address will not be published.