सुचना, समाचार र मनोरन्जन

पोखरामा दोस्रो दाँई महोत्सव भब्यताका साथ मनाईयो

पोखरा, 

पोखरा १९ चुरुङ्गामा दोस्रो दाई महोत्सब भब्यताका साथ मनाईएको छ । किसानलाई यतिबेला असारमा रोपोको धान भित्र्याउने चटारो छ । मानो रोपेर मुरी भित्र्याउने महिना हो यो मंसिर महिना । यही समयलाई मध्यनजर गर्दै पोखरा महानगरपालिका १९ पुरुन्चौर चुरुंगामा दाँई महोत्सव आयोजना गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्करणमो दाइँ महोत्सव गरिएको हो ।

कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको मेला सम्योजक एवं परिषद्का वरिष्ठ उपाध्यक्ष हरी भुजेलले बताए ।

दाँई महोत्स्वमा आन्तरिक तथा बाह्यिय पर्यटकदेखि स्थानीयको उल्लेख मात्रामा सहभागिता रह्यो । दाइँ महोत्सवमा बिदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले नजिकबाट देखिएको हिमशृङ्खलाको दृश्यावलोकन गर्दै पराल चुट्ने, गोरु खेद्ने, पराल चुट्नेलगायत गरेर दाँई महोत्सवको अनुभव गरेका छन् ।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुन्युको जुरो खोलेर सुरु गरेको महोत्सवमा पाँच हल गोरुले दाँई गरिएको छ । प्रमुख आचार्यले पोखरा भ्रमण वर्ष चलिरहेको बताउदै यस्ता मेला महोत्सवको माध्यमबाट कृषि पर्यटनमा प्रवर्द्धन हुने बताए । उनले महानगरले कृषिलाई महत्वका साथ लिएको बताउदै उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने गएको बताए ।

महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरणलगायत विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.