सुचना, समाचार र मनोरन्जन

स्वदेशी चलचित्र निर्माणमा अभूतपूर्व वृद्धि, पहिलो चौमासिकमै ७० फिल्मलाई इजाजत

काठमाडौं :

नेपाली चलचित्र उद्योगले पछिल्ला वर्षमा उल्लेखनीय उछाल देखाउँदै आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमै नयाँ रेकर्ड बनाएको छ। साउनदेखि कार्तिकसम्मको चार महिनामा ७० चलचित्रले निर्माण इजाजत लिएका छन्, जुन इतिहासमै पहिलोपटक सर्वाधिक संख्या हो।

चलचित्र विकास बोर्डका अनुसार कुनै पनि आर्थिक वर्षको पहिलो चौमासिकमा यति ठूलो संख्यामा इजाजत लिनुलाई उद्योगभित्रै सृजनात्मक चहलपहल, लगानीको विश्वास र नयाँ सम्भावनाको सूचक मानिएको छ।

Chaka Panja

गत वर्षहरूको तथ्यांकले पनि निर्माणको गति तीव्र बन्दै गएको संकेत गर्छ। आर्थिक वर्ष २०७८/७९ मा ३६, २०७९/८० मा ४७, २०८०/८१ मा ४७, २०८१/८२ मा ५१ र २०८२/८३ मा भने ७० फिल्मले निर्माण इजाजत पाएका छन्।

बोर्डका अनुसार डिजिटल प्रविधिको अभिवृद्धि, निर्माण वातावरणको सहजता,नयाँ पुस्ताका निर्माणकर्मीको सक्रियता र बजार विस्तारले चलचित्र निर्माणमा थप ऊर्जा भरेको छ।

स्वदेशी चलचित्रको प्रवर्धन, संरक्षण र दीर्घकालीन विकासका लागि नीतिगत सुधार, डिजिटाइजेसन, अभिलेखीकरण, पारदर्शी प्रक्रियाका माध्यमबाट उद्योगलाई अझ सक्षम बनाइने बोर्डले जनाएको छ। साथै, विभिन्न प्रशिक्षणमार्फत चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्ने योजनामा पनि बोर्ड अघि बढिरहेको छ।

Leave A Reply

Your email address will not be published.