
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
- भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
तनहुँ,
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो ।
भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्डं) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानकारी दिए ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।