सुचना, समाचार र मनोरन्जन

मलामी गएका युवक महाकालीमा बेपत्ता

कञ्चनपुर : महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

 

स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ’, उनले भने, ‘अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

 

त्यसैगरी नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव आज भेटिएको छ । महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भएका दमाई दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।

 

उक्त शव आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.