सुचना, समाचार र मनोरन्जन

‘मिरमिरे’ टिजर रिलिज: आमाको अभावमा बुबा–छोरीको सम्बन्ध केन्द्रमा

काठमाडौं :

दयाहाङ राई अभिनित फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युटुबमार्फत फिल्मको टिजरलाई रिलिज गरेको हो।

टिजरमा फिल्मका मुख्य कलाकारलाई अटाइएको छ। जहाँ बुबा र छोरीको इमोस्नल सम्बन्ध प्रस्तुत गरिएको छ भने आमाको अभाव खट्काइएको छ।आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथालाई निर्देशक यम शेर्पाले प्रस्तुत गरेका छन्। निर्देशक कै कथा रहेको यस फिल्ममा दयाहाङ राई,बाल गायिका शाइसा गौचनका अलवा अन्य कलाकार रहेका छन्।

दयाहाङ राईले बुबाको भुमिका निवार्ह गरेको टिजरमा देख्न सकिन्छ भने अभिनेत्री सिर्जना निङलेखु शिक्षिका छिन्। उनी त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यो फिल्ममा दयाहाङका अलवा प्रकाश सपूत,सिर्जना निङलेखु,माओत्से गुरुङ,छुल्ठिम गुरुङ,भोलाराज सापकोटा,दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका रोहित कट्टेल रहेका छन्। उनी यस फिल्मको वितरक समेत हुन्। वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

Leave A Reply

Your email address will not be published.