Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी
- एनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा
- ‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी सलिना तामाङ
- असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने
- पोखरामा ‘रोजगार मेला–२०२६’ हुँदै: युवाहरुलाई रोजगारी र करियर निर्माणको सुनौलो अवसर
- नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
- जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
- नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा विषयमा छलफल
- विश्वकप २०२६: फ्रान्स र स्वीडेन पहिलो पटक आमनेसामने हुँदै
- ट्रक व्यवसायीलाई राहतः रुट इजाजतमा दोहोरो व्यवस्था बदर
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ,
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।