पोखरा,
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रहेकी श्रद्धा श्रेष्ठ नेपाल सरकारको महिला बालकालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त भएकी छिन ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो पटकको मन्त्रिपरिषद् विस्तारमा उनी पनि मन्त्रीमा छानिएकी हुन।
त्यस्तै आज छानिएका अन्य मन्त्रीहरुमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम रहेका छन उनीहरुलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका छन ।
