सुचना, समाचार र मनोरन्जन

तमु (गुरुङ) कलाकार संघले फागुन ३ गते धन बहादुर गुरुङ सांगितिक साँझ आयोजना गर्दै

पोखरा,
तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा फागुन ३ गते शनिवारको छेको पारी पोखरा रंगशालामा बरिष्ठ गायक सर्जक धन बहादुर गुरुङको सांगितिक साँझ आयोजना गर्ने भएको छ । वरिष्ठ कलाकार धन ब गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपाली गीत–संगीत क्षेत्रमा कालजयी, कर्णप्रिय र सन्देशमूलक सिर्जनामार्फत राष्ट्रको कला तथा संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिएका गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुर गुरुङको उच्च कदर गर्दै यो कार्यक्रम गर्न लागिएको हो । गुरुङ वि सं २०२४ सालमा पिता धनप्रसाद गुरुङ र आमा लक्ष्मीमाया गुरुङको साईला सन्तानको रुपमा जन्म लिएका हुन । उनले लामो समय नेपाली गीत संगीतको विकासमा लगाएका छन । विसं २०४४ सालमा डाँफे कला मन्दिरबाट कला क्षेत्रमा औपचारिक रुपमा उनले जागृती गीतमा स्वर भरेर आफ्नो संगीत यात्रा सुरु गरेका थिए । उनले स्वर भरेका मालती, ज्वाँईको खाँचो, बाचा बन्दन,स्वदेशको माटो विदेशको पिडा, क्रमु चमे लगायत ३ दर्जन भन्दा बढी सृजना दर्शक स्रोताको माँझमा पस्किएका छन ।

कार्यक्रमले तमु समुदायको मौलिक कला, संस्कृति, भाषा र संगीतको प्रवद्र्धन गर्दै समग्र नेपाली सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने बिश्वास लिएको छ ।

Leave A Reply

Your email address will not be published.