सुचना, समाचार र मनोरन्जन

‘भाग्यले मिचिएको मान्छे’भन्दै दर्शकमाझ आइन् एलिना चौहान

काठमाडौ :

एलिना चौहानको पिडादायिक गीत ‘भाग्यले मिचिएको मान्छे’ सार्वजनिक गरेकी छन्। बिहिबार उनको आवाजमा रहेको गीत सिएम डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो।
यस गीतमा एलेना चौहानको स्वर रहेको छ। शब्द तथा संगीत ऋषि खड्काले तयार पारेका छन् भने गीतको एरेन्ज कमल सौरागको छ।

सार्वजनिक गरिएको गीतमा बिराज बिष्ट र गीता पन्थीले मुख्य भूमिकामा अभिनय गरेका छन्। गीतको भिडियोमा बिष्टलाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ भने गीता पन्थीलाई मोडलिक शैलीमा देखाइएको छ।

सिनेमाटोग्राफी श्याम तामाङको, एडिट तथा कलर मिलन विश्वकर्माले गरेका छन् भने पोस्ट–प्रोडक्सन ड्रागन पिक्चर्सले सम्हालेको छ।

भिडियोमा कथा तथा निर्देशन सिर्जन बरालले गरेका छन्। मेकअपमा स्वास्तिका श्रेष्ठ, र पोस्टर डिजाइनमा राकेश दाहल को योगदान देखिन्छ। गीतको भिडियोलाई छत्रेश्वरी म्यानेजमेन्ट प्रा।लि।को ब्यानरबाट निर्माण गरिएको छ।

Leave A Reply

Your email address will not be published.