सुचना, समाचार र मनोरन्जन

‘परान’ बन्यो वर्षकै सर्वाधिक कमाउने फिल्म, १७ करोड नाघ्यो कमाइ

काठमाडौं :

कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘परान’ ले बक्स अफिसमा १७ करोड रुपैयाँ नाघेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो शनिबार अर्थात् पुस ५ गतेसम्म चलचित्रले देशभरबाट १७ करोड ६१ लाख ५ हजार २८८ रुपैयाँ (नेरु ग्रस) आम्दानी गरेको हो।

यस अवधिमा चलचित्रका ६ लाख २५ हजार ६२५ टिकट बिक्री भएका छन्। यो कमाइसँगै निर्देशक दीपक प्रसाद आचार्य निर्देशित ‘परान’ ले औपचारिक रूपमा ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कुल बक्स अफिस कमाइलाई उछिनेको छ।

मंसिरमा प्रदर्शनमा आएको चलचित्रहरूको व्यापार भने कमजोर देखिएको छ। निर्देशक शोभित बस्नेतको चलचित्र ‘पीआर’ ले देशभरबाट ६ लाख ६८ हजार ६३३ रुपैयाँ नेरु ग्रस कमाएको छ। चलचित्रका २ हजार १०९ टिकट बिक्री भएका छन्।

खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘हर्ष’ ले सो अवधिसम्म २८ लाख ७८ हजार ५३६ रुपैयाँ कमाएको छ। यस चलचित्रका ८ हजार ८६६ टिकट बिक्री भएका छन्।

त्यस्तै, कामेश्वर चौरासिया स्टारर चलचित्र ‘अभिमन्यु’ ले २१ लाख ४८ हजार ७०२ रुपैयाँ नेरु ग्रस आम्दानी गरेको छ। चलचित्रका ६ हजार ८५० टिकट बिक्री भएका छन्।

यशराज गाराच अभिनित चलचित्र ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० रुपैयाँ कमाएको छ भने यसका १ हजार ३५७ टिकट बिक्री भएका छन्।

यसैगरी, चलचित्र ‘चिराग’ ले हालसम्म ६८ हजार ४५० रुपैयाँ नेरु ग्रस कमाएको छ। चलचित्रका ३३० टिकट मात्र बिक्री भएका छन्।

Leave A Reply

Your email address will not be published.