सुचना, समाचार र मनोरन्जन

‘दर्शक आए पनि शोज नपाउँदा अचम्म लाग्छ’ : निर्देशक अर्जुन घिमिरे

काठमाडौं :

निर्देशक अर्जुन घिमिरेले आफ्नो चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि हलमा पर्याप्त शोज नपाएको गुनासो गरेका छन्। विदेशी ठूला चलचित्रको चापका कारण नेपाली फिल्मलाई पाखा लगाइएको उनको भनाइ छ।

मिडियासँग कुरा गर्दै निर्देशक घिमिरेले नेपाली फिल्मप्रतिको समर्थन व्यवहारमा नदेखिएको बताएका छन्। “नेपालीपनलाई माया गरौँ, नेपाली फिल्मलाई माया गरौँ भन्ने कुरा बोलीमै सीमित जस्तो लाग्यो,” उनले भने, “हलमा दर्शक आउँदा पनि शोज नपाएर फिल्म हेर्न नपाउनु अचम्मको अवस्था हो।”

निर्देशक घिमिरेले यस अवस्थाका लागि वितरक र प्रदर्शक दुवै जिम्मेवार रहेको बताए। “वितरकलाई मैले फिल्म चल्नु अघिपछि देखिनँ,” उनले भने, “यो कुरा वितरक र प्रदर्शक दुवैले गम्भीर रूपमा सोच्नुपर्ने हो।”

निर्देशक घिमिरेले यस्तो समस्या दोहोरिरहँदा नेपाली फिल्मका सर्जक सधैं मारमा पर्ने गरेको बताए। उनले यस विषयमा फिल्म क्षेत्रबाट अपेक्षित साथ नपाएको र दीर्घकालीन समाधान आवश्यक रहेको जोड दिए।

गणेश उप्रेतीसहित रमेश उप्रेती,प्रकाश घिमिरे,दीपाश्री निरौला,सरिता गिरी,देशभक्त खनाल,निर्मल शर्मा,कृष्ण शिवाकोटी,कृष्णभक्त महर्जन, अर्जुन घिमिरे,प्रियना आचार्य,अंशु महर्जन,राजेन्द्र नेपाली,लक्षणा राईलगायतको अभिनय छ। यही फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दै छन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय छ। निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो।

Leave A Reply

Your email address will not be published.