सुचना, समाचार र मनोरन्जन

ज्योति मगरले आलोचकलाई जवाफ दिइन्: धैर्यता र सकारात्मकता नै परिचय

काठमाडौ :

चर्चित गायिका ज्योति मगरले अराजक आलोचकहरूप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सकारात्मकता र सहनशीलताको महत्वबारे स्पष्ट विचार व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्टाटसमा लेखेकी छन्,“प्रीय अराजक आलोचकहरू, तपाईं जस्तो नकारात्मक व्यक्ति आफूलाई शक्तिशाली महसुस गर्नु हुन्छ भने सोच्नुस सकारात्मक व्यक्ति कति शक्तिशाली हुन्छन्। तपाईंका अश्लील गालीगलौच सुन्दै मलाई खुशी लाग्छ, किनभने धैर्यता, सहनशीलता र शिष्टता नै मेरो परिचय र गहना हुन्।”

ज्योतिले यस क्रममा भनिन् कि उनका आलोचकहरूको अभद्र टिप्पणीहरूले उनको सकारात्मक व्यक्तित्वको प्रमाण दिन्छ र उनले आफूलाई आलोचकभन्दा भिन्न र सकारात्मक मान्ने बताइन्।

गायिका ज्योति मगरले अन्तमा भनेकी छन् कि उनी आफ्नो संगीत यात्रामा निरन्तर सक्रिय रहिरहनेछिन् र बिर्तामोड, झापामा गीत गाउने तयारीमा रहेको जनाइन्।

Leave A Reply

Your email address will not be published.