
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पाँच पाण्डवको गीतबाट गालीबाट विचलित भएनन् हरिवंश,हलमा दर्शक भेट्दै लिन थाले सुझाव
- मुगुमा स्याउखेतीः व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य
- यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना
- कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ: प्रधानमन्त्री पत्नी
- पाल्पाको मौलिक देउसी भैलो पोखरामा प्रदर्शन
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार
- घोप्टेभीरमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
- गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना
- श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत
- तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिन्छुः कुलमान
भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
तनहुँ,
तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन ।
अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उहाँले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए ।
उनले भने, “भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध छन ।”
थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गर्नुभयो । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, “प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”
बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।