सुचना, समाचार र मनोरन्जन

रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता

काठमाडौँ,

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो।

यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् ।

चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.