सुचना, समाचार र मनोरन्जन

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक बन्दसूची

काठमाडौँ,

मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ।

सो पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउन आयोगमा पुगेको हो ।

आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

रास्वपा र शाहसँग छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाएको थापाले बताए ।

Leave A Reply

Your email address will not be published.