
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
- आज सुनचाँदीको मूल्यमा गिरावट
- नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी
- पर्वतको पाखादेखि लण्डनको छातीसम्म: आदर्श तमु शान्तकुमार गुरुङको निष्ठा, शूरवीरता र परोपकारको अमर गाथा
- कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
- एक हजार जनाको पारिवारिक पुनर्मिलन
- पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा
तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै
तनहुँ,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको हो ।
सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि तनहुँमा एक हजार ५७३ जना माग गरिएको छ । इच्छुक उम्मेदवारले आजदेखि माघ १ गतेसम्म निवेदन दिनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँगसम्बन्ध नरहेको हुनुपर्ने प्रनाउ विकले बताए ।
उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाति ३१–३३ इन्च, तौल ५० किलो तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ किलो तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने शर्त राखिएको छ ।