सुचना, समाचार र मनोरन्जन

अरुण क्षेत्रीको मुख्य भूमिकामा चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न

काठमाडौं :

चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो। चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ।

चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन्। उनको यो डेब्यू निर्दशन हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन्। चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ। चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन्। तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ।

चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री छन्। प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ। कृष्ण थापाको डीओपी रहेको चलचित्र ‘हन्टर’मा एक्सन शुक्ररा साहको छ। विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ। चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माता रोयल भिमसेन हुन्।

ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन्। चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.