सुचना, समाचार र मनोरन्जन

दाउरा थकालीः स्वेदेशी विदेशी परिकारको साथमा कला र संस्कृति

पोखरा, सुनिता शर्मा

काठमाडौँमा अपार सफलता हासिल गरेपछि प्रख्यात नेपाली परिकार ब्रान्ड दाउरा थकालीले पोखरामा पनि आफ्नो सेवा बिस्तार गरेको छ । दाउरा थकालीले डिसेम्बर १९ (पौष ४) गतेदेखि बिरौटामा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको हो ।

“Build the Nation” भन्ने मूल नारासहित अब केवल भोजनालय मात्र नभई नेपाली संस्कृति, संगीत र पहिचान प्रवद्र्धन गर्ने केन्द्रका रूपमा प्रस्तुत गर्ने दाउरा थकालीले लक्ष्य लिएको छ । आधुनिक परिवारहरूको आवश्यकता बुझ्दै, पोखरा आउटलेटले विशेष नयाँ सुविधा “बच्चा ल्यान्ड” प्रस्तुत गरेको संचालक निवेन अमात्यले बताए । यो क्षेत्र अभिभावकका लागि सहज र बालबालिकाका लागि रमाइलो बनाउने उद्देश्यले डिजाइन गरिएको हो । “बच्चा ल्यान्ड” मा सुरक्षित, आकर्षक र खेलमैत्री वातावरण उपलब्ध छ । जसले गर्दा अभिभावकहरू निश्चिन्त भएर खाना र संगीतको आनन्द लिन सक्छन ।  दाउरा थकाली पोखरालाई उत्कृष्ट पारिवारिक गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षाका साथ अगाडी बढिरहेको छ  । त्यस्तै स्वादिष्ट खाना, जीवन्त संस्कृति र  संगीतको उत्कृष्ट संयोजन दाउरा थकाली पोखरा आतिथ्य क्षेत्रको एक महत्वपूर्ण पहिचान बन्ने तयारीमा छ ।

दाउरा थकालीमा थकाली परिकारहरुसंगै नेवारी, कन्टिनेन्टल र ईन्डियन परिकारहरु पनि उपलब्ध छ । सुन्दरनगरी पोखरा संस्कृतिको सहर पनि हो यहाँ पुग्ने पाहुनाहरुले स्वादिष्ट खानाका परिकार संगै कल्चरल पहिरनको झलक अवलोकन गर्न पाउनेछन भने माउण्ट एभरेष्ट थिमको संरचनाले यसलाई थप आकर्षण बनाएको छ । रेष्ट्रुरेन्टमा पर्वतारोहीहरुका आकृति र विभिन्न सांस्कृतिक परम्पराको आनन्द लिन सकिन्छ । पाहुनाहरुले खानासंगै मनोरञ्जन प्राप्त गर्न सकुन भनेर प्रत्यक्ष संगीत र कला(नाचगान) पस्किदै आएको छ । स्थानीय कलाकारलाई मञ्च प्रदान गर्ने नियमित लाइभ संगीत तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिदै आएको छ । स्वदेशी तथा विदेशी आयातित संस्कृतिका बीच आफ्नो संस्कृति जगेर्ना गर्नु पनि दाउरा थाकालीको उदेश्य रहेको अमात्यको भनाई छ । “सोही अनुरुप सजावट, सेवा शैली र कार्यक्रममार्फत नेपाली पहिचान झल्काउने वातावरण मिलाईएको छ” उनले भने ।

काठमाडौँमा ५ ओटा आउटलेटमा काम गरिसकेको अनुभव रहेको, शुद्ध थकाली स्वाद, सांस्कृतिक वातावरण र उत्कृष्ट सेवाका कारण लोकप्रिय बनेको दाउरा थकालीको पोखरामा विस्तार हुनुलाई ब्रान्डको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नयाँ शाखामा पनि काठमाडौँको अनुभवलाई प्रयोग गरी स्थानीय ग्रहाकहरुको भावना बुझी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको संचालक अमात्यले बताए । जहाँ आगन्तुक स्वदेशी तथा विदेशी पर्यटकले परम्परागत आतिथ्य र आधुनिक व्यवस्थापनको आनन्द लिन सक्नेछन ।

दाउरा थकालीको संचालक रहेका निवेन अमात्य विदेशमा आफ्नो अध्ययन पूरा गरेपछि स्वदेश फर्किएर देशको विकासमा योगदान दिने संकल्पसहित होटल व्यवसायको क्षेत्रमा अघि बढेका हुन । उनका लागि दाउरा थकाली केवल व्यवसाय मात्र होइन, नेपालमै विश्वस्तरीय उद्यम निर्माण गर्न सकिन्छ भन्ने अभियान समेत हो ।

दाउरा थकालीको विस्तार कसरी सम्भव भयो? भन्ने जिज्ञासामा उनले भने, यो केवल व्यवसायिक उद्देश्यमा सीमित छैन । नेपालमै लगानी र राष्ट्र निर्माण गर्ने स्पष्ट दृष्टिकोण अघि सारिएको छ । नेपालमै अपार सम्भावना छ । नेपाल फर्किनु आफ्नो जीवनको सबैभन्दा सही निर्णय भएको उनको भनाई छ । स्वदेशमा सम्भावना नदेखेर विदेशिएका युवाहरुलाई लक्षित गर्दै उनले भने, “ फर्किनुहोस्, नेपालमै केही बनाउनुहोस् । हामीले नै राष्ट्र नबनाए कसले बनाउँछ ?” उनले ‘रिभर्स ब्रेन ड्रेन’ को अवधारणालाई आत्मसाथ गर्दै युवा पुस्ताले आफ्नो सीप र अन्तर्राष्ट्रिय अनुभव स्वदेशमै प्रयोग गर्नुपर्नेमा जोड दिए ।

परिचयसंगको कुराकानीमा अमात्य भन्छन, म यस भूमिको सम्भावनामा विश्वास गर्छु, त्यसैले फर्किएँ । विदेशमा रहेका विशेषगरी युवाहरूसँग मेरो सुझाव छ नेपाल फर्कनुहोस् । यहाँ हामीले महान् कुरा निर्माण गर्ने अवसर छ । राष्ट्र निर्माण हाम्रो हातमा छ ।

 

Leave A Reply

Your email address will not be published.