Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन
- प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ
- पोखराको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ
- को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु
- पूजा गुरुङ र जश्मिन श्रेष्ठको ‘हली’टिजरमा झल्कियो दर्दनाक घटना
- मदरल्याण्ड माविका ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए
- प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
- पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन
- ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज
- तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
काठमाडौँ,
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ ।
मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ । यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ ।
सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् ।
नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।