काठमाडौं :
आदित्य धरको फिल्म ‘धुरन्धर’ हजार सय करोडभन्दा माथीको व्यापार गरेको छ। हलमा रिलिज भएको ५० औं दिन पार गर्दै लगातार यस फिल्मले बलिउड फिल्ममै पहिलोपटक यतिधेरै कमाई गरेको हो। साउथ इण्डियनले यो भन्दा बढिको व्यापार गरेता पनि हिन्दी फिल्मले यतिको बलियो व्यापार गर्न सकेको थिएन।
फिल्मले भारतीय बक्स अफिसमा हजार करोड ग्रस कलेन्सन पार गरेको भारतिय मिडियाले उल्लेख गरेका छन्। यो उपलब्धिले यसलाई एकल भाषा (हिन्दी) फिल्मको रूपमा ऐतिहासिक रेकर्ड बनाएको हो। शनिबार र आइतबार मात्रै यसले २.९ करोड भारु ग्रस कलेन्सन गर्न सफल भएको छ। साथै भारतिय गणतन्त्र दिवसको बिदामा दि फिल्मले १.२५ करोड भारु कलेक्सन गर्न सफल भयो।
रिलिजदेखि सात हप्तासम्म फिल्मले टिकाउ प्रदर्शन देखाएको छ। अझै हलमा दर्शकको चाप नघटेकाले यसको व्यापार बढ्ने कमफम देखिन्छ। साथै यस फिल्मलाई दर्शक र समीक्षक सकारात्मक प्रतिक्रिया आइरहेको छ।
यस फिल्मको मुख्य भूमिकामा कलाकारमा रणवीर सिंह, अक्षय खन्ना, संजय दत्त, आर माधवन र अर्जुन रामपाल रहेका छन्। निर्देशक आदित्य धरले फिल्मको कथा, प्रस्तुति र उच्च बजेटका दृश्यमा विशेष ध्यान दिएका छन्।