सुचना, समाचार र मनोरन्जन

मदन ढकालको ‘मुग्लिङ’ गीतमा बले कक्रोज देखी सुनिशा, जुनुसम्म

काठमाडौं :

गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा ‘मुग्लिङ’ बोलको गीतको भिडियो सार्वजनकि गरिएको हो। गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अबिरलले गरेका हुन्।

गीतको भिडियोमा चर्चित चार कलाकारको दमदार नृत्य देख्न सकिन्छ । मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ भने गायक मदन स्वमले पनि अभिनय गरेका छन्। सागर, हरिश र जुनुको दमदार नृत्यले भिडियोलाई आकर्षक बनाएको छ। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन्।

गीतबारे गायक मदन भन्छन्,’यसपटकको गीत डान्सिङ हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौं, सबैको मिहिनत उत्तिकै छ र भिडियोमा कुनै कमि हुन दिएका छैनौं, सायद दर्शक, स्रोताले अडियो र भिडियोमा कुनै कमि पाउनुहुन्न होला।’ गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.