सुचना, समाचार र मनोरन्जन

गोलु डी–खुशी कक्कडको रोमान्टिक भोजपुरी गीत ‘कमर धके झूल…’ सार्वजनिक

काठमाडौं :

भोजपुरी गीतसंगीतका लोकप्रिय गायक गोलु डी र गायिका खुशी कक्कडको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘कमर धके झूल…’ को भिडियो सार्वजनिक गरिएको छ।

गीतमा गजेन्द्र जीको शब्द, विराज जीको संगीत तथा गोलु जीको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ अभिषेक विश्वकर्माले गरेका हुन्।

सप्तरंगी फिल्म्सको ब्यानरमा एम.डी. हुसेन निर्माता रहेको यस रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र मेनुका माँझीको अभिनय देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफी पवित्रा आचार्य,छायांकन महाफुज अन्सारी, मेकअप आरोही श्रेष्ठ तथा सम्पादन सुवास देवकोटाले गरेका हुन्। मुन्ना रिजवीको निर्माण व्यवस्थापन रहेको भिडियोको निर्देशन रमेश बोगटीले गरेका छन्।

Leave A Reply

Your email address will not be published.