सुचना, समाचार र मनोरन्जन

पोखरा ५ प्रस्याङमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा आज सन्ध्याकालिन भजन हुने

पोखरा,

पोखराको प्रस्याङमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष कार्यक्रम हुने भएको छ । शिवरात्रिका अवसरमा फागुन ३ गते सन्तानेश्वर महादेव मन्दिर पोखरा–५ प्रस्याङ चिल्ड्रेन पार्कमा विशेष कार्यक्रम हुने भएको हो ।

प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिको आयोजना र शिवालय भजन समूहको समन्वय र फिस्टेल आइभिएस एन्ड फर्टिलिटी सेन्टरको सहकार्यमा सामूहिक व्रतवन्ध तथा भजन साँझ आयोजना हुन लागेको कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर मन्दिरमा बर्सेनि महाशिवरात्रिका अवसरमा स्वस्फूर्तरूपमा कार्यक्रम हुने भए पनि यसपटक व्यवस्थित ढङ्गले विशेष कार्यक्रमकै रुपमा आयोजना गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

शिवरात्रि विशेष कार्यक्रममा १०८ शिवलिङ्गमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चुडाकर्म, निशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी आकर्षणका रुपमा रहने छन् । यसैगरी त्यहाँ विभिन्न स्टलहरू राखिने छन् भने सामूहिक लाखबत्ती तथा ठाडा बत्ती बाल्ने, धुनी पूजा र बृहत् भजन साँझ हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.