पोखरा ,
पोखरा महानगरपालिका वडा नं ९, शिवटोल, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा वडाको आर्थिक सहयोगमा वडाभित्रका सामुदायीक विद्यालयका क्भ्भ् र आधारभूत तह उत्तिर्ण परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरि दिवा छात्राबास कार्यक्रमको उद्घाटन भएको छ । वडाका तिन वटै सामुदायिक विद्यालयहरु बिच सञ्चालन हुने कार्यक्रमको औपचारिक रुपमा सहारा स्कुलमा वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले सो कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रम अन्तरगत कक्षा १० र ८ का विद्यार्थीहरुलाई वडा कार्यालयले विहानको अतिरिक्त कक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई निशुल्क रुपमा तीनओटै विद्यालयमा खाना प्रदान गर्नेछ ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारिले बाल मैत्री शिक्षामा गुणस्तरीय छात्राबासले शिक्षाको गुणस्तरमा नै महत्वपुर्ण हुने धारणा राख्दै सम्पूर्ण उपस्थित अतिथिलाई स्वागत मन्तब्य राखेकी थिइन् ।
छात्राबास सञ्चालन कार्यक्रमका संयोजक श्री शम्भुलाल श्रेष्ठ कक्षा ८ र १० को वार्षिक परीक्षालाई लक्षित गरि बिद्यालयहरुमानै खाजा खाना को व्यवस्थापन हुने गरी कार्यक्रम सुरु भएको र आगमि वर्षमा पनि निन्तर दिन वडा कार्यालयलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै नवप्रभात मा।विका वि।व्य।स अध्यक्ष प्रिति पाण्डे र महेन्द्र मा।विका वि।व्य।स अध्यक्ष जगत वहादुर खत्री ले यो कार्यक्रमद्वारा विद्यार्थी र अभिभावक सबै प्रत्यक्ष लाभान्वित हुने हुँदा सिकाईमा फड्को मार्नेमा खुशि व्यक्त गर्दै वडाको यो सामाजिक काम देखेर आफूहरु हर्षित भएको धारणा राख्दै वडा सँग सामजिक कार्यमा आफूहरु सदैव हातेमालो गर्ने कुरा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी वडा नं-०९,का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयले पछिल्लो समयमा शैक्षिक रुपमा फड्को मार्न आफूले विद्यार्थी लक्षित कार्यक्रम गर्न पाउँदा खुशि हुदै नतिजामा समेत उपलब्धी हासिल गरेको देख्न पाए अझ धेरै खुशि हुने धारणा राख्दै शिक्षा आफ्नो पहिलो प्राथमिकतामा सदैव रहने धारणा राखे । सोहि क्रममा विद्यार्थीहरुलाई यो कदमले थप अध्ययनमा प्रेरित गर्ने अपेक्षा व्यक्त गरे।
विद्यालयका अध्यक्ष विक्रम थकालीले कार्यक्रम समापनका क्रममा वडा नं ९, आर्थिक सहयोमा सञचालन हुने यस कार्यक्रमले विद्यालयमै बसेर सिक्ने कुराबाट कोहि पनि बञ्चित नहुने तथा यस कार्यक्रमले गुणस्तरमा थप सहायता प्रदान गर्ने कोराको विश्वास राख्दै वडालाई हृदयदेखिनै धन्यवाद व्यक्त गर्दै उपस्थित सबै अतिथी,अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको उपस्थितिले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पोखरा मनपा वडा नं ९, का वडा सदस्यहरु लक्ष्मी पहारी, गीता चर्माकार,सामुदायिक विद्यालयका अध्यक्ष तथा प्र।अहरु, विभिन्न टोलविकास ,आमा समूह, क्लब तथा संघसस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगाएतको उपस्थिति रहेको थियो ।