सुचना, समाचार र मनोरन्जन

समानुपातिक मतगणनामा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो

काठमाडौँ ,

प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८० लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ ।

Pach Pandav

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ मत प्राप्त गरेको छ।

यस्तै राप्रपा २ लाख ६९ हजार ८५९ मतका साथ छैटौँ स्थानमा झरेको छ। यसअघिको निर्वाचनमा राप्रपा राष्ट्रिय दल थियो भने श्रम संस्कति नयाँ दल हो ।
मुलुकभरको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा कायमै छ। रास्वपाले ३८ लाख ६६ हजार २० मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १३ लाख १० हजार २३१ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ११ लाख १० हजार ६६१ मत बटुलेको छ। त्यस्तै, ५ लाख ७१ हजार ८५६ मतका साथ नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ।

Leave A Reply

Your email address will not be published.