सुचना, समाचार र मनोरन्जन

सल्लाहकार कृष्ण थापाकाे निधनप्रति क्षत्री समाज नेपालद्वारा दुःख व्यक्त

पोखरा,

क्षेत्री समाज नेपालका सल्लाहकार कृष्ण बहादुर थापाकाे बिहिबार भएकाे निधनप्रति क्षत्री समाज नेपालले दुःख व्यक्त गरेकाे छ । समाजका अध्यक्ष रिब बहादुर थापा तथा महासचिव कृष्ण बहादुर थापाले शाेक विज्ञप्ती जारी गरी दुःख व्यक्त गर्नुभएकाे हाे ।
समाजका सल्लाहकार, पाेखराकाे विकासमा महत्वपूर्ण याेगदान दिनुभएका पाेखरा महानगरपालिका पूर्व मेयर तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य, गण्डकी प्रदेश सभाका पूर्व सदस्य थापाको असामयिक निधनले समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ।
शोक वक्तव्यमा भनिएको छ:
“पोखराको विकास र नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका सालिन व्यक्तित्व कृष्ण थापाको असामयिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ। उहाँको निधनले क्षत्री समाजले एक अभिभावक र राष्ट्रले एक कुशल जनप्रनिनिधि गुमाएको छ।”
अध्यक्ष र महासचिवले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
घटना सन्दर्भ: आज जिल्ला पार्टी कार्यालय, कास्कीमा आयोजित बैठक समापन लगत्तै एक्कासी अचेत हुनुभएका थापाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा दिउँसो ३:३७ बजे हृदयाघातका कारण निधन भएको थियो।
वि.सं. २०१६ सालमा पोखराको बाटुलेचौरमा जन्मनुभएका थापाले पञ्चायतकालदेखि नै विद्यार्थी राजनीति (अनेरास्ववियु) मार्फत कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो। उहाँका श्रीमती, एक छोरा, एक भाइ र एक बहिनी हुनुहुन्छ।

Leave A Reply

Your email address will not be published.