काठमाडौँ :
सितार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक गीत रिलिज गरेका छन् । सार्वजनिक वेदांशी गीत ‘श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए। सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी।
वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ‘सेरो डुओ’सँग सहकार्य गरेका छन्। ७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन्।