सुचना, समाचार र मनोरन्जन

‘आबाट आमा’ले मनायो ५१ दिन, दोस्रो भाग चाँडै

काठमाडौं :

निर्देशक चन्द्र पन्तले फिल्म ‘आबाट आमा’को सफलता पछि यसको दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेका छन्। आइतबार प्रदर्शनको ५१ दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले ‘आबाट आमा २’को छायांकन बैशाख दोस्रो साताभित्र सुरु गरिने जानकारी दिए। उनका अनुसार दोस्रो श्रृंखलाको कथा पहिलो भागभन्दा पूर्णतः फरक हुनेछ।

चलचित्र विकास बोर्डका अनुसार ‘आबाट आमा’ले हालसम्म करिब १३ करोड रुपैयाँ ग्रस कमाइसकेको छ। फिल्मले देशभर २५ हलमा ५१ दिन प्रदर्शनको उपलब्धि हासिल गरेको छ। निर्देशक पन्तका अनुसार दोस्रो श्रृंखलामा पल शाह मात्र अनुबन्धित भइसकेका छन् भने अन्य कलाकार टुंगो लाग्न बाँकी छ। प्राविधिक टोली भने पहिलो भागकै निरन्तरता रहनेछ।

Leave A Reply

Your email address will not be published.