काठमाडौं :
पुराना फिल्म निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमा सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा पत्रकारलाई साँची राख्दै गीत रिलिज गरिएको हो।
सार्वजनिक भएको गीत ‘मोहनी लगाउने’मा रञ्जित गजमेरको संगीत रहेको छ भने निर्देशक घिमिरेकै शब्द समावेश छ। गीतलाई भने पुरानै गायिका भारती घिमिरे,साकार अप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले गाएका छन्। निकै निकै रमाइलो छ। गाउँघरको ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीतको कोरियोग्राफी उत्कृष्ट लाग्छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहान केसीको अभिनय छ ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म १ बैशाख, २०८३ देखि प्रदर्शनमा आउँदैछ।