सुचना, समाचार र मनोरन्जन

आ बाट आमाले १३ करोड भन्दा माथीको व्यापार गर्दा ‘‘लालीमा’को पाँच लाख

काठमाडौं :

नेपाली फिल्मको व्यापार चलचित्र विकास बोर्डले हरेक सोमबार सार्वजनिक गर्दै आएको छ। हरेक शनिबार राति १२ बज्न एक मिनेट अगाडिसम्मको बोर्डकाले तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ।

Chaka Panja

सोमबार बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिर्पोटमा गत माघ १६ गते प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले ५१ दिनमा १३ करोडमाथि कमाइ गरेको छ। घरेलु बक्स अफिसमा अभूतपूर्व व्यापार गर्दै यो फिल्म वर्षकै सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको हो। यसअघि जेरी अनटप रहेको थियो। शनिबारसम्म यसले १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाउँदै ५ लाख ३ हजार ११४ टिकट बिक्री गरिसकेको छ।

गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लालिमा’को भने व्यापारिक रूपमा निकै कमजोर देखिएको छ। चलचित्र विकास बोर्ड ले सोमबार सार्वजनिक गरेको साप्ताहिक तथ्यांकअनुसार फिल्मले ९ दिनमा ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस मात्र कमाएको छ। यो अवधिमा जम्मा २ हजार ४० वटा टिकट बिक्री भएका छन्।

Leave A Reply

Your email address will not be published.