सुचना, समाचार र मनोरन्जन

‘बेहुली’मा दिव्याको जोडी बने ‘कुलब्वाय’पारस

काठमाडौं :

फिल्म ‘होस्टल ३’बाट अभिनेताका रुपमा डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय’ र दिव्या रायमाझीको फिल्म ‘बेहुली’मा जोडी बन्ने भएका छन्। बिहीबार (आज)ललितपुरस्थित कार्यविनायक मन्दिरमा यस फिल्मको शुभ मुहूर्त गर्दै पारस र दिव्या जोडीको रुपमा रहेको जानकारी गराइयो।

फिल्ममा पारस र दिव्याका अलवा सुशान्त कार्की,पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
‘द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्ट को प्रस्तुतिमा निर्माण हुन लागेको यस मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता संगीतकार अर्जुन पोखरेल हुन्। उनका अनुसार यसै साताबाट फिल्म छायाङ्कनमा निस्कन छ भने प्रदर्शन आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट दर्शकमाझ आउनेछ।

लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा फिल्मका गीतमा सङ्गीत दिएर हिट बनाए। पोखरेल फिल्म ‘बेहुली’मार्फत फिल्म निर्माणमा होमिएका हुन्। फिल्मको सङ्गीत निर्देशन समेत आफैले सम्हालेका यस फिल्मको निर्देशन भने सशान कँडेलले गर्दैछन् । कथा माधव शर्माले लेखेका हुन्। यसअघि निर्देशक कँडेल र लेखक शर्माले फिल्म ‘होस्टेल ३’मा पनि सहकार्य गरेका थिए।

प्रताप राणाको निर्माण रहेको यस फिल्ममा  कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह(निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ुबेहुलीुमा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन्।  नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी) रहने यस फिल्मलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मा रोशन श्रेष्ठले पाएका छन्।

Leave A Reply

Your email address will not be published.