सुचना, समाचार र मनोरन्जन

आई एम जीतबहादुरको टिजरमा जीतु नेपालको फरक लुक्स

काठमाडौं :

हास्य कलाकार तथा अभिनेता जीतु नेपालको नाममा फिल्म निर्माण भएको छ। उनकै नामबाट निर्माण भएको फिल्म आई एम जीतबहादुरको टिजर रिलिज भएको छ। उनको पहिलो लगानी रहेको यस फिल्ममा भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशन गरेका छन्। जसको टिजर बिहिबार सार्वजनिक गरिएको हो।

फिल्मको टिजरले कलाकार बन्न गाउँबाट शहर पुगेपछि को एक साधारण युवाको संघर्षको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ। फिल्म जीतु नेपालका अलवा वर्षा राउत र प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो फिल्म आउँदो वर्षको असार महिना भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.