सुचना, समाचार र मनोरन्जन

सोलो रिलिज पाएको ‘राम नाम सत्य’, दिव्या भन्छिन्– फरक अवतारमा देखिँदैछु

काठमाडौं :

नयाँ वर्षको छेको पारेर चैत्र २७ गते रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ अब सोलो रिलिज हुने भएको छ । सो मितिमा प्रदर्शनको तयारीमा रहेका अन्य नेपाली फिल्महरू पछि सरेपछि निर्देशक माइकल चन्द को यो फिल्मले एक्लै बक्स अफिसमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

फिल्म रिलिज अगावै यसमा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत र सार्वजनिक टिजरले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेका छन् । एक्सन, प्रेम, इमोशन र सस्पेन्सको मिश्रण रहेको दाबी गरिएको फिल्मप्रति दर्शकको चासो बढ्दो देखिन्छ।

फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकारदिनेश डीसी लगायतका कलाकारहरूको अभिनय छ ।

यसैबीच, अभिनेत्री दिव्या रायमाझी ले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गर्दै यो आफ्नो करिअरको फरक प्रस्तुति हुने बताएकी छन् । उनले आफूले यसपटक पहिलेभन्दा फरक शैलीमा काम देखाउने मौका पाएको बताउँदै फिल्ममा आफ्नो भूमिका ‘आधुनिक राजकुमारी’को रहेको खुलाएकी छन् ।

उनका अनुसार फिल्म एक्सनमा मात्रै सीमित नभई इमोशन, प्रेम र सस्पेन्सको सन्तुलित संयोजन हो । “मैले मेरो फिल्म भनेर मात्र भनेको होइन, ‘राम नाम सत्य’ साँच्चै गज्जब बनेको छ,” उनले भनिन्, “दर्शकले पूर्ण मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।”

फिल्ममा दिव्या रायमाझीसुशील श्रेष्ठ को जोडी देखिनेछ । दिव्याले सुशीलसँग काम गर्न सहज भएको अनुभव समेत साटेकी छन्। निर्देशक माइकल चन्द कै पटकथा तथा संवाद रहेको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ ।

Leave A Reply

Your email address will not be published.