
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
- बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
- नवरात्रि : चेतनाको शुद्धीकरण र दिव्यत्वतर्फको महायात्रा
- प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ: विभिन्न निकायमा ६११ जनाको नियुक्ति
- मन्त्रिपरिषद निर्णयः विपद् प्रभावित परिवारलाई मासिक १५ हजार, तोकियो गहुँको समर्थन मूल्य
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न
- युवा व्यवसायी शोभित बस्यालको नयाँ यूट्यूब च्यानल ‘P Series’ बाट बीस वर्षपछि चलचित्र ‘मार्केट’ सार्वजनिक
- दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदैछन्
- प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
- चितवन राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
काठमाडौँ,
काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो ।
विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण ९आरएचडी÷सिएचडी स्क्रीनिङ्० गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिनुभयो । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम ९गो रेड फर वुमेन० सञ्चालन गरिनेछ ।

कामपाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ । “बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय बितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराब बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु बाथको परीक्षण कार्यक्रम गरेका हौँ,” स्वास्थ्य विभागका प्रमुख केसी भन्नुहुन्छ, “यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौँ ।”
कामपाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरूको जीवन बचाउन कामपाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ।