सुचना, समाचार र मनोरन्जन

पेट्रोलियम पदार्थ आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट

सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल कर ५० प्रतिशत छुट दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।

मन्त्री रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.