सुचना, समाचार र मनोरन्जन

विमानस्थलमा यात्रु बिदाइमा बढीमा ३ जना जान नपाईने

काठमाडोँ नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः सूचित गरेको छ।

एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त आएर सहयोग गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको हो । विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको छ ।

तर, भीड घटेको छैन । अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विेदेशी हवाइ यात्रुको आवागमनमा असुविधा भएको समेत विमानस्थल व्यवस्थापनले जनाएको छ । सोही अनुसार एक यात्रु बराबर बढीमा तीन यात्रु आएर सहयोग गर्न भनेको हो ।

Leave A Reply

Your email address will not be published.