सुचना, समाचार र मनोरन्जन

संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न साम्पाङको आग्रह

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने नयाँ अभ्यासको सुरुवात गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अलिक अनौठो खालको बोलिन्छ । एकचोटी म फेरि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला रु,’ साम्पाङको अनुरोध थियो ।

साथै, उनले टेबुल कुर्सी ठोकेर समर्थन गर्ने शैली त्यति राम्रो नदेखिएको जिकिर गरे ।

‘खाली हामीले टेबुल कुर्सी ठोकेर, टुबुल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन । हाम्रो दुई हात छ, मन लाग्दा ताली ठोक्यो भने कति राम्रो होला,’ साम्पाङले भनेका छन् ।

त्यसपछि केही सांसदले ताली बजाएरै उनको प्रस्तावलाई समर्थन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.