सुचना, समाचार र मनोरन्जन

प्रेमको जीतमा अहिलेसम्मकै भिन्न अवतारमा आर्यन सिग्देल

काठमाडौँ :

गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको  प्रेमको जीत बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जीतमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ।

फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा  शंकर श्रेष्ठ र  सुन्दरी मोडल अश्विनी  शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो  वियोगान्त गीत  प्रेमको जीतको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ।

भिडियोमा सुन्दरी मोडल अश्विनी  शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशव राज भट्टले।  लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज  मिक्सिगं र मासटरिगं रहेको  छ। करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो ।

Leave A Reply

Your email address will not be published.