सुचना, समाचार र मनोरन्जन

गौरी मल्लदेखि रेखा थापासम्म : ‘ककाकिकी’ पोस्टरमै देखियो फरक अवतार,भदौ १९ मा दर्शकमाझ

काठमाडौँ :

चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरेको छ। निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। आगामी भदौ १९ गतेबाट हलमा लाग्ने निर्माण पक्षले जानकारी दिएको छ।
पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ। जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर,रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा देखिएका छन्।

पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले फिल्मको कथालाई सस्पेन्स बनाएको छ। पोस्टर मात्र हेर्दा धेरै आकलन गर्न सकिन्छ, साथै फिल्मको कथा रहस्यमय रहेको बुझ्न सकिन्छ। त्यसो त निर्माण टिमले फिल्मको घोषणा गर्दा नै कलाकारहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो,त्यो समयबाटै फिल्म प्रति दर्शकको चासो निकै बढेको छ।

फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ।

सुमन अगरवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अगरवाल, विकास अर्याल र सरोज भण्डारी र बिश्वास तिमल्सिनाले गरेका हुन्। फिल्मलाई सुदिप बरालको टिमले खिचेको हो। फिल्मको टाइटल आर्टस् ट्राइडेन्ट कन्सेप्टको हो भने पोस्टर डिजाइनको काम कार्यालयले गरेको हो।

Leave A Reply

Your email address will not be published.