Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रिया खत्री र कृष क्षेत्रीको स्वरमा नयाँ गीत ‘युके शहर’ सार्वजनिक
- ‘चंगुल’ टिमद्वारा असोज १६ को प्रदर्शनअघि देशभक्तिपूर्ण गीत रिलिज
- टनेल २६ टोलीसँग गृहमन्त्री गुरुङको भेट, आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषमा
- चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’,प्रियंका कार्कीको हट अवतार
- सुमन गजमेरको निर्देशनमा बन्ने ‘हाम्रो सानो घर’ मा देखिने भइन् मोडल पूर्णिका
- कास्की कांग्रेसमा कमला गिरीको दाबी: सामाजिक र व्यावसायिक अनुभव संगठन हितमा लगाउने संकल्प
- नारायणीको जलसतह हालसम्मकै उच्च
- सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
- नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई.रामबहादुर के.सीको सशक्त उम्मेदवारी
- कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
धनुषा,
जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
यस्तै, गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरूमा परेको छ । गर्मी अत्यधिक बढेर तातो हावा चलेसँगै दिनभर काम गर्न असहज भएको र ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा पनि असर परेको छ । सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा ९लु० चल्ने क्रम पनि जारी रहनेछ ।
स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउने जस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ ।