सुचना, समाचार र मनोरन्जन

सुकुम्वासी बस्ती खाली गर्न शुरू

काठमाडौँ थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा रहेकाहरूले सामान अन्यत्र सार्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरूले अहिले सामान सारिरहेका छन् ।

प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र सर्न अनुरोध गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने भन्दै त्यसअघि नै बस्ती छाड्न आग्रह गरेको हो ।

यसैबीच सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ । सुकुम्वासीले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.