काठमाडौं :
नेपाली अभिनेता अनूप विक्रम शाही ले बलिउड फिल्म मातृभूमि का लागि आफ्नो डबिङ कार्य सम्पन्न गरेका छन्। सलमान खान फिल्म्स को ब्यानरमा निर्माण भइरहेको उक्त फिल्ममा सलमान खान सँगै शाही मुख्य भूमिकामा देखिनेछन्।
फिल्मको आधिकारिक प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। तर भारतीय सञ्चारमाध्यमका अनुसार ‘मातृभूमि’ भारतको स्वतन्त्रता दिवस आसपास प्रदर्शनमा आउने सम्भावना रहेको छ।भारत नेपाल आएपछि उनी बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’मा काम गर्ने छन्। जानकारी पाए अनुसार आगामी २० बैशाखदेखि ‘१२ गाउँ २’को छायांकन उनी व्यस्त हुनेछन्।