काठमाडौँ,
काठमाडौँ उपत्यकाको मौसम खराब भएपछि टर्किस एयरको विमान दिल्ली डाइभर्ट भए को छ भने बिहान हुने आन्तरिक उडानहरू सबै डिले भएका हुने भएका छन् ।
काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ । जसका कारण बिहानै अँध्यारो देखिएको छ । काठमाण्डौं बाट बाहिर हुने उडानहरू पनि डिले भएका छन् । इस्तानबुलबाट आएको टर्किस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी दिल्ली डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।
बिहान ७ बजे लाई तय भएका सबै उडानहरूको समय तालिका ९ बजेलाई सारिएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान काठमाडौँ मात्र होइन, यति बेला गण्डकी प्रदेशको पूर्वी क्षेत्रदेखि कोसीको पश्चिमी भेगसम्मको आकाश बादलले ढाकेको छ ।
साथै देशका विभिन्न स्थानमा वर्षा पनि भइरहेको छ ।